कांग्रेस महामन्त्री कोइरालाद्वारा प्रतिनिधिसभा सदस्य केसीका परिवारलाई समवेदना

पोखरा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगेर महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गरेको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगेका थिए । सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गरेका छन् । रासस

कमेन्टहरु
Loading...