काठमाडौं । पूर्वमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका गोकुल बास्कोटाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारवाही गर्न लागेको संकेत गरेका छन् ।
नेकपा नेता समेत रहेका बास्कोटाले व्यंग्यात्मक शैलीमा सामाजिक सञ्जाल ट्वीटरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीले कारवाही गर्ने कुरा विश्वास नलागेको भए पनि प्रतीक्षा भने गरिरहेको बताएका हुन् ।
‘जिम्बालबाका छिमेकीले भनेको २ साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे । भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतीक्षा त गर्नु परो अब ।’ उनले ट्वीटरमा लेखेका छन् ।