‘सडक सुरक्षा बहुपक्षीय विषय’

काठमाडौं । जनप्रतिनिधि, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिले सडकलाई सुरक्षित बनाउन कानून निर्माणसँगै विद्यमान कानून कार्यान्वयमा जोड दिएका छन्।

नेपाल अटो मोबाइल एसोसियसन(नासा) नेपालले आज सरोकार राख्ने निकायका प्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा कानून कार्यान्वयन गराउन योगदान पु¥याउनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले अहिले अधिकांश सडकमा पैदलयात्रुमार्ग समेत नभएको र गुडाउनु अघि सवरीसाधनको अवस्था कस्तो छ भनेर जाँच गर्ने अभ्यास नगरिएको बताइन् ।

उनले भनिन् , “कतिपय २० वर्ष पुरानो सवारीसाधनको पनि अवस्था राम्रो हुन सक्छ भने कतिपय पाँच वर्ष गुडेका सवारीसाधनको पनि अवस्था खराब हुन सक्छ ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जु(श्रेष्ठ) ले पालिकाहरु कानून बनाउन सक्षम भएपनि कार्यान्वयनका लागि बजेटको अभाव रहेको बताए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले सडक सुरक्षा बहुपक्षीय विषय भएकाले यसमा सबै पक्ष मिलेर लाग्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...