पोखरा । नेपालमा थप २ हजार ५ सय ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ५ सय ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
हाल नेपालमा ३६ हजार १ सय ७४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ हजार १ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा १ हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय २६ पुगेको छ ।