विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका छन् । उर्जा मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो ।

उनले आजबाट पदबहाली समेत गरिसकेका छन् । शाक्य एनइए इन्जिनियरिङमा कार्यरत थिए । यो प्राधिकरण कै सहायक कम्पनी हो । ‘एनइए इन्जिनियरिङ’ बाट फिर्ता बोलाएर मन्त्रालयले शाक्यलाई प्राधिकरणको जिम्मा दिएको हो ।

उर्जामन्त्री वर्षमान पुनले गएको शुक्रबार शाक्यलाई काजमा फिर्ता गराउन प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालालाई निर्देशन दिएका थिए । यससंगै कोइरालाको जिम्मेवारी समेत खोसिएको छ ।

गत भदौ २८ गते तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बाहिरिएसंगै प्राधिकरण नेतृत्वविहीन थियो ।

कमेन्टहरु
Loading...