पाेखरा। मित्र राष्ट्र भारतले नेपाललाई २८थान भेन्टिलेटर सहयोग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतबार एक कार्यक्रम विच हस्तान्तरण गरे ।
भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले यस काेराेना भाइरस महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यकता र सहयाेग रहनुपर्ने बताए ।
स्वास्थ्यमन्त्री ढकालले आफू अफ्ठ्यारोमा भए पनि विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेटर उपयुक्त ठाउँमा पठाउने बताए । संक्रमणदर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले बढी सक्रिय संक्रमित र गम्भीर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाइने बताए ।
मन्त्रालयका अनुसार आजसम्म काेराेना भाइरस बाट ११ सय ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।