पोखरा । नेपालमा थप २ हजार ८ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ८ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । हाल नेपालमा ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा यो अवधिमा थप २ हजार ८ सय १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।
नेपालमा थप २१ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ८ पुगेको छ ।