महायज्ञको तयारी अन्तिम चरणमा

परोपकार महासंघको आयोजनामा बृहत मोटरसाईकल ¥याली सम्पन्न
पोखरा १९,मंसिर/ राष्ट्रिय परोपकार महासङघ नेपालको आयोजनामा यही मंसिरको २२ गते देखि सुरु हुने महायज्ञको प्रचार प्रसारका लागि बुधबार बिहान बृहत मोटरसाईकल ¥याली सम्पन्न भएको छ । पोखराको पोखरा रंगशालाबाट सुरु भएको बृहत माटरासाईकल ¥याली पृथ्वीचोक, विरौटाचोक, राष्ट्रबैंक चोक,सृजनाचोक, सिद्धार्थचाक, मोहरीयाटोल, विन्दुबासिनी, बगरचोक, नदिपुर, महेन्द्रपुल, रानीपौवा, भद्रकाली अम्मरसिंह चोक, चाउथे, विजयपुर,लक्ष्मी मावि, सिसुवा, अघौंचोक तालचोक, मझेरीपाटन र पुन अम्मरसिंह चोक हुँदै यज्ञ स्थल पोखरा रंङ्गशालामा आएर समापन भएको थियो । maghaसयौंको संख्यामा मोटरसाईकल सहभागि रहेको सो ¥यालीको सुभारम्भ परोपकार महासंघका अध्यक्ष एवं भागवत भाष्कर युवा पण्डित कमन नयन गौतम सहित सवै पदाधिकारीको उपस्थितिमा जेष्ठ सदस्य ठुलो टेकन गिरीले रिवन काटेर गर्नुभएको थियो ।
नेपालको राष्ट्रिय झण्डा र सेवा नै धर्म हो राष्ट्रिय परोपकार महासंघ लेखिएको झण्डा मोटरसाईकलीमा सवार ब्यक्तिहरुले फहराएका थिए । उनीहरुले परोपकार नै सेवा र धर्म हो भन्दै मोटरसाईकलमा परिक्रमा गरेका हुन् ।
यसैविच पारोपकार महासंघ नेपालले मंसीर २२ गते बाट सुरु गर्न लागेकोे श्रीमद भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको सम्पुर्ण तयारी अन्तिम चरणमा पु¥याएको छ । यातिबेला पोखरा रंङ्गशालाको माधिल्लो चौर सजिसजाउ गरिएको छ भने । मञ्च लगाएतका आवश्यक पुर्वाधारहरु निर्माण गरिसकीएको छ ।
मंसिर २९ गते सम्म पोखरा रंङ्गशालमा जारी रहने सो महायज्ञ आफ्ना पाँच हजार भन्दा बढि सक्रिय परोपकारीहरु लागि परेका छन् । त्यस्तै  १०८ सदस्यीय मुल आयोजक समिति र विभिन्न उपसमितिहरु यातिबेला अन्तिम तयारीमा जुटीहरेको महासङघका अध्यक्ष एवं भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले जानकारी दिनुभएको छ ।
असहायका लागि बाल आश्रम, संस्कृति रक्षाका लागि गुरुकुल आश्रम, वातावरण संरक्षणका लागि कल्पवृक्ष अभियान, बृद्धबृद्धाहरुका लागि जेष्ठ नागरिक परोपकार चौतारी, गौरक्षा अभियानहरु चलाएको महासंघले त्यसैको संरक्षण र प्रवर्धन गर्ने उधेश्यले महायज्ञको आयोजना गरेको हो ।
महायज्ञको प्रमुख वाचक महासंघका अध्यक्ष स्वयम भागवत भाष्कर युवा पण्डित गौतमले नै गर्नु हुने छ । सो महायज्ञमा अन्य महायज्ञमा जस्तो निश्चित परिणाममा रकम संकलन गर्ने लक्ष्य भने लिइएको छैन । यद्यपी  तन, मन र धनले महायज्ञलाई भरपुर सहयोग गर्न भने सवैलाई परोपकार महासंघले आग्रह गरेको छ । देशका ४५ जिल्लामा आफ्ना  शाखा विस्तार गरेको महासङघले ती जिल्लाहरुबाट समेत भक्तजनको उल्लेख्य सहभागिता गराउने अपेक्षा गरेको छ। महासङघले हाल ४० जना अनाथ बालबालिकालाई गास, बास, कपास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्दै आइरहेको छ।

कमेन्टहरु
Loading...