नेकपा नेता बास्कोटाद्वारा पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता गोकुल बास्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले नयाँ पुस्ताका नेताहरुको संख्या बढी हुने गरेर पुनर्गठनका लागि आग्रह गरेका हुन् ।

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरेर सचिवालय पुनर्गठनबाट सुरु गरौं, कमसेकम २ कार्यकालको झन्झटपूर्ण खेल खतम ।’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

नेता बास्कोटाले नेतृत्व हस्तान्तरण तथा विवाद अन्त्यका लागि नयाँ पुस्ताको आवश्यक रहेको समेत बताएका छन् ।

कमेन्टहरु
Loading...