पोखरा/पोखरा कोरोना संक्रमण हटस्पट बन्दै गईरहेको छ । आज बिहानदेखि अहिले सम्म मात्र पोखरामा १०८ जना संक्रमित थपिएका छन । पोखरासँगै गण्डकी प्रदेश भर अहिले सम्म १९६ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।
आजमात्र गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण चार जनाले ज्यान गुमाईसकेका छन् । शुक्रबारसम्म गण्डकी प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ८७३९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।