झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २ हजार ३ सय ६२ जना संक्रमित छन् । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।
उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५ सय ५८ कोडिभ–१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
१५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १ सय ४८, कमलमा १ सय ५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईंले जानकारी दिएका छन् । रासस