काठमाडौं, मंसिर १८ । ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा आज Corruption Perception Index (CPI)- 2013( द्दण्ज्ञघ (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१३) सार्वजनिक गरिएको छ । CPI 2013 ले अख्तियारको दुरुपयोग, गोप्य कारोबार र घुसखोरीले समाजलाई धराशायी बनाइरहेको औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष ह्युगेट लावेल भन्नुहुन्छ– “सीपीआई २०१३ ले प्रायःजसो सबै मुलुकले सरकारका सबै तहमा भ्रष्टाचारको खतरा औंल्याएको छ ।”
यो सूचीले सार्वजनिक क्षेत्रमा रहने भ्रष्टाचारको अवधारणा प्रतिबिम्बित गर्ने टी.आई. ले जनाएको छ । ऋएक्ष् द्दण्ज्ञघ मा विश्वभरिका १७७ देश समावेश गरिएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले कम भ्रष्टाचार अर्थात् स्वच्छ र ० अङ्कले अधिकतम भ्रष्टाचार रहेको जनाउँछ । उक्त सूचकाङ्कको औसत ५० अङ्क रहेको छ । यस सूचीमा नेपाललाई २००४ देखि समावेश गरिएको हो ।
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा यो सूचकाङ्कमा नेपालले ३१ (स्कोर) अङ्क प्राप्त गरेको छ । विगत १ वर्ष भित्र (२०१२।१३) बर्टेल्सम्यान फाउन्डेशन, विश्व वैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोवल जस्टिस प्रोजेक्ट र ग्लोवल इनसाइट समेत गरी ५ वटा संस्थाद्वारा गरिएका विभिन्न सर्वेक्षणका आधारमा यो अङ्क पाएको हो । ती सर्वेक्षणमा सार्वजनिक पद दुरुपयोग गर्ने माथि कारबाही≤ सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार≤ व्यावसायिक कार्यका लागि दिनुपर्ने घुस≤ सरकार, न्यायालय, संसदका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोग≤ व्यापारमा भ्रष्टाचारको प्रभावजस्ता विषयहरु समेटिएका थिए ।
गत वर्ष नेपालले कुल १०० अंकमा २७ अंक पाएको थियो भने यो वर्ष ३१ अंक पाएको छ । यसरी ३१ अंक पाउनुमा सरकारले सुशासनका क्षेत्रमा गरेको पहल, रिक्त संवैधानिक निकायहरुमा नियुक्ति, भ्रष्टाचारसम्बन्धी मुद्दाका फैसला, अख्तियारको सक्रियताजस्ता केही कदमहरुले मदत पु¥याएको हुन सक्छ ।
“सूचीले ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त रहेको दर्शाउने भएकाले नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न अझ प्रभावकारी कदम चाल्नु पर्ने अवस्था रहेको” भनाइ टीआई नेपालका अध्यक्ष विष्णु बहादुर केसीको रहेको छ ।त्यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष ह्युगेट लावेल भन्नुहुन्छ– “यो भ्रष्टाचारजन्य कार्य गरी भाग्नेहरुलाई रोक्ने बेला हो । कानूनी छिद्रहरु र सरकारमा राजनीतिक इच्छाशक्तिको अभाव दुवैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रष्टाचारलाई बढावा दिइरहेका छन् । सूचकाङ्कले भ्रष्टाचार र दण्डहिनता रोक्न घनिभूत प्रयासका लागि हामीलाई घचघच्याइरहेको छ ।”
यस वर्षको सूचीमा डेनमार्क र न्युजिल्याण्ड कूल १०० मध्ये ९१ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरु भएका छन् भने अफगानिस्तान, उत्तर कोरिया, र सोमालिया ८ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटानले ६३, श्रीलङ्काले ३७, भारतले ३६, नेपालले ३१, पाकिस्तानले २८, बंगलादेशले २७ र अफगानिस्तानले ८ अङ्क पाएका छन् । मालद्विभ्स यो सूचीमा समावेश छैन ।
सि.पी.आई. २०१३ सम्बन्धी ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी प्रेस विज्ञप्ति र सूचकाङ्कसमेतको पूर्ण विवरण www.transparency.org/cpi।http://www.tinepal.org मा उपलब्ध छ ।