कोरोना संक्रमण भएपछि कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बन्दै

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्गा गम्भीर बन्दै गएको छ । कार्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

स्ट्यान्डअप कलाकार गजुरेलको अवस्था गम्भीर बनेपछि उनको हाल बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ । उनलाई स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बुधबार अस्पताल भर्ना गरिएकोमा हिजो आइसियुमा सारिएको हो ।

उनलाई लक्षण सहितको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना पुष्टि भएपछि सामाजिक सञ्जालको माध्यमबाट उनले सार्वजनिक गरेका थिए ।

कमेन्टहरु
Loading...