धनगढी । कोरोना संक्रमित कैलाली, गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपाचरत गौरीगंगा – ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको निधन भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका थिए। शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए।