वार्ता गर्न अब बालुवाटार नछिर्ने प्रचण्डको भनाई

गन्थन डेस्क

पछिल्लो समय नेकपामा बढेको विवाद सुल्झाउन नेकपाका दुई अध्यक्ष वार्तामा बसे पनि निष्कर्षविहीन भएको छ । वार्ताबाट बाहिरिएपछि पुष्पकमल दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नजाने बताएका छन् । ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका हुन् ।

एक नेताका अनुसार उनले अब वार्ताका लागि बालुवाटार छिर्दिन भनेका छन् । पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए ।

आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए । “बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

 

कमेन्टहरु
Loading...