आइस्पानको नयाँ कार्यसमितिमा सुधिर पराजुली

पाेखरा । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुली सर्वसम्मत अध्यक्षतामा चयन भएका छन । पराजुली सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष समेत हुन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रमेश खरेल, महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन ।

त्यस्तै कमलप्रसाद बास्तोला सचिव र पुष्करसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन भने वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् ।

कमेन्टहरु
Loading...