मुख्यमन्त्रीप्रति आक्रोश : प्रदेशमा उपचार नपाएर मर्नुपरेको दोष पनि प्रचण्डलाई दिनुहुन्छ ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङको अभिव्यक्तीलाई लिएर गण्डकी प्रदेशका पूर्व माओवादीका सांसद तथा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

केन्द्रमा नेकपाको आन्तिरक राजनितिक विवादले चर्चा पाइरहेको बेला काठमाडौं पुगेका नेकपा गण्डकी इन्चार्जसमेत रहेका गुरुङले प्रचण्डका कारण पार्टी फुट्ने अभिव्यक्ती दिएका थिए ।

गण्डकी प्रदेशका विकास समिति सभापति तथा सांसद दिपक कोइरालाले मुख्यमन्त्रीको भनाइ प्रति कडा रुपमा आपत्ती जनाएका छन् ।

सांसद कोइरालाले प्रदेशका नागरिकहरु सामान्य उपचार नपाएर , अस्तपालमा बेड नपाएर मर्नुको कारण पनि प्रचण्डलाई दोष दिएर उम्कन खोज्ने हो की भन्दै प्रश्न गरेका छन् ।

उनले पार्टी फुट्दाको परिणाम समयले देखाउने बताएका छन् ।

‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क-कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने ) त्यो समयले नै बताउला तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालको बेड नपाएर मर्नु परेको दोष पनि प्रचण्डलाइ नै दिइएर उम्किनुहुन्छ कि केहि गर्नु हुन्छ मुख्यमन्त्री ज्यु ? ‘,कोइरालाले फेसबुकमा लेखेका छन् ।

मुख्यमन्त्री गुरुङको अभिव्यक्ती प्रति असन्तुष्टि जनाउँदै नेकपा केन्द्रिय सदस्य राजकाजी गुरुङले हुलका रुपमा अभिव्यक्ती नदिन सुझाव दिएका छन् ।

‘पार्टी भित्रको महत्त्वपूर्ण बिषयलाई यति हलुका अभिब्यक्ती दिएर आफ्नो ओज नघटाउनुस इन्चार्ज कमरेड’, उनले फेसबुकमा लेखेका छन् ।

केन्द्रिय सदस्य गुरुङको उक्त स्टाटसमा कमेन्ट गर्ने अधिकांश पूर्व माओवादीका कार्यकर्ताहरुले मुख्यमन्त्रीको तिव्र आलोचना गरेका छन् ।

कमेन्टहरु
Loading...