काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
आज मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउँदै राजीनामा नदिने स्पष्ट पारका हुन् । ‘अहिले केही मेरो राजीनामा मागिरहेका छन् । मैले राजीनामा दिए देश बर्बार्दीतर्फ जान्छ ।’ उनले भने, ‘मैले देशका लागि अहिले राजीनामा दिनु हुँदैन ।’ विभिन्न सञ्चारमाध्यममा राजीनामाको विषयमा समाचार आइरहेको बताउँदै उनले यो समयमा राजीनामा दिनु देशका लागि नै उपयुक्त नहुने उनको भनाई रहेको थियो ।
प्रधानमन्त्री ओलीले सरकारमा आफू रहरले नभई जनताले जिताएर आएको दावी गरे । आफूप्रति आम जनताले विश्वास गरेको उनको भनाई रहेको थियो । देशलाई अस्थिरतातर्फ लैजान चाहनेहरुले नै अहिले सरकारको आलोचना गरिरहेको उनको दावी छ । सरकारका विषयमा चल्ने हल्ला केवल हल्लामा नै सीमित रहने समेत उनले कार्यक्रममा बताएका छन् ।