पूर्व सभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महरा पत्नी सिता महराको कोरोना संक्रमणका कारण निधन भएको छ ।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागी काठमाडौं ल्याइएको थियो ।

कोरोना संक्रमण पुष्टिपछि नर्भिक अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको हो ।

कमेन्टहरु
Loading...