काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभामुख सापकोटाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत दिवङ्गत सांसद केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
सांसद केसीको सोमबार राति ६५ वर्षको उमेरमा निधन भएको हो । राजनीतिज्ञ तथा सफल व्यवसायीको छवि बनाउनु भएका केसीकै पहलमा दक्षिण एशियामा नै पहिलोपटक चाउचाउ उद्योग स्थापना भएको थियो ।