पोखरा । नेपालमा थप ३ हजार १ सय १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नेपालमा थप ३ हजार १ सय १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । हाल नेपालमा ३७ हजार ४ सय ७६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
यो अवधिमा नेपालमा ३ हजार १ सय ४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २० जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ पुगेको छ ।