गन्थन डेस्क
कोरोना संक्रमणकाकारण आजमात्रै पोखरामा ४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार मृत्यु हुनेमा पोखराका १३ का ५५ वर्षीय पुरुष संक्रमित रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया महिला संक्रमित, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय पुरुष संक्रमित रहेका छन् । सबै संक्रमित उपचाररत थिए ।
यसैगरी, बागलुङका ६१ र ६६ वर्षीय पुरुष, तनहुँका ६६ वर्षीय पुरुष र नवलपरासीका ८० वर्षीय पुरुषको ज्यान गएको छ । उनीहरु सबैको उपचाररत अवस्थामा ज्यान गएको हो । यससँगै आज प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।
हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको कूल संख्या ८८ पुगेको छ ।