बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३

बाँके । बाँकेमा कोरोना महामारी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा ज्यान गएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा ज्यान गएको हो ।

बाँकेमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६८ रहेकामा २ हजार ८ सय ८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...