पोखरा । नेपालमा थप २ हजार ८ सय २४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ८ सय २४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
हाल नेपालमा ३७ हजार ४ सय ६५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १३ हजार २३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार यो अवधिमा नेपालमा ३ हजार ६ सय २० जना कोरोना भाइरस संक्रणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।
हाल नेपालमा २ सय ८३ जनाको आइसियु तथा ७८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय ६० पुगेको छ ।