कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका नेपाल मीन विश्वकर्माको अवस्था गम्भीर बन्दै गएको छ ।

कोरोना सहित निमोनियाको समस्याबाट समेत ग्रसित भएका विश्वकर्माको स्वास्थ्य अवस्था बिग्रिदै यस अगाडि आइसियुमा राखिएकोमा शनिबार रातिबाट भने उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

नेता विश्वकर्माको अवस्था गम्भीर रहेको र निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएकाले शनिबारबाट उनलाई भेन्टिलेटरमा राखिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् । उप्रेतीका अनुसार नेता विश्वकर्माको परिवारलाई उनको स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराइसकिएको छ ।

कोरोना तथा निमोनिया सहित नेता विश्वकर्मालाई ज्वरो तथा श्वासप्रश्वासको समस्या समेत देखिएको थियो । चिकित्सकहरुका अनुसार उनको फोक्सोमा कोरोना भाइरस रहेको छ । फोक्सोमा देखिएको कोरोनालाई विश्वकर्माको शरीरको रोग प्रतिरोधात्मक प्रणालीले कसरी हटाउन सक्छ, त्यसमा नै उनको स्वास्थ्य निर्भर हुने छ । उनको फोक्सोबाहेक अन्य समस्या नरहेको समेत चिकित्सकले बताएका छन् ।

कांग्रेस नेता विश्वकर्मालाई कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका उनलाई वीर अस्पताल पहिले, त्यसपछि ग्राण्डी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

कमेन्टहरु
Loading...