काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना गरि थप दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नम्बर १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे मृत्यु भएको छ । त्यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको छ ।
कैलालीका पुरुष कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो । अस्पतालकातीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु¥याइएको थियो ।
अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।