मुख्यमन्त्रीलाई ओली पक्षको अविश्वास प्रस्ताव पश्चात् कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाइदै

काठमाडौं । कर्णाली प्रदेशमा केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाउने तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दै माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

 

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

 

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

 

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा अमरबहादुर थापा, चन्द्रबहादुर शाही र करबिर शाही रहेका छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा भएको छ ।

कमेन्टहरु
Loading...