पोखरा । नेपालमा थप २ हजार ५ सय ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप २ हजार ५ सय ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ सय ७६ जना महिला तथा १ हजार ५ सय ३२ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
हाल नेपालमा ३८ हजार ३ सय ५७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २ हजार २ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख १ हजार २ सय २२ पुगेको छ ।
हाल नेपालमा २ सय ९६ जनाको आइसियु तथा ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय ३७ पुगेको छ ।