डोटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर शैया जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा २ वटा आइसियु र २ भेन्टिलेटर शैया उपलब्ध गराएको हो ।
विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको शैया उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिएका छन् ।
जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती शैयाहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य सुरु हुनेछ । प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरसको परीक्षणका लागि पिसिआर मेसिन जडान गरिएको थियो । रासस