कोरोना संक्रमणबाट वृद्धको मृत्यु

झापा । कोरोना संक्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको ज्यान गएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय संक्रमित वृद्धको ज्यान गएको हो ।

गत कात्तिक ६ गते संक्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् । मृतक मुटुरोगी थिए । गौरीगञ्जमा पहिलोपटक संक्रमितको ज्यान गएको हो । यससँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

दुर्घटनामा घाइते महिलाको निधन

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा ज्यान गएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को ३७ प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेको र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ । रासस

कमेन्टहरु
Loading...