चितवन । पूर्वी नवलपरासीमा होम आइसोलसनमा बस्दै आएका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।