काठमाडौं । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ । शुक्रबार ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निजि निवासमा उनको निधन भएको हो ।
३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक प्राविधिकतर्फ पदबाट अनिवार्य अवकाश पाएका थिए । थापाका श्रीमती र दुई छोरा छन् ।