पोखरा । देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । यतिबेला उल्लेखनीय मौसमी प्रणाली नभएपनि बिस्तारै चिसो बढ्ने क्रममा भने सुरु भएको छ ।
अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।मौसमविदका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ ।
तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने महाशाखाले जनाएको छ । शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ ।