मिस तमुस्यो नेपालको अडिसन शुरु

पोखरा, २८ मंसिर/ नेपाल तमु विद्यार्थी छोँज धीँ कास्की जिल्ला समितिको आयोजनामा दोस्रो संस्करणको मिस तमुस्यो नेपाल हुने भएको छ । दोस्रो संस्करणको मिस तमुस्योको मंसिर ३० गतेबाट अडिसन शुरु हुने पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा देशका विभिन्न ठाउँमा अडिसन हुने नेपाल तमु विद्यार्थी छोँज धीँ कास्की अध्यक्ष रिम गुरुङले जानकारी दिए । देशका सम्पुर्ण तमु युवातिहरुले प्रतियोगीतामा सहभागी हुन पाउने गुरुङ्गले जानकारी दिए ।अडिसन पौष २ गते स्याङजा देखी पहिलो अडिसन राउण्ड शुरु हुने छ भने देशका विभिन्न ठाँउहरुको अडिसन समाप्त पछि अन्तिम अडिसन पोखरामा आयोजना गर्ने आयोजकको लक्ष्य छ । त्यसै गरि लम्जुङ्ग र नवलपरासीमा पौष ४ गते, काठमाडौमा पौष ६ गते, धरानमा पौष ८ गते र पोखरामा ११ गते अडिसन हुने आयोजकले जानकारी दिए । कार्यक्रममा देशभरका २५ प्रतियोगीहरुलाई छनोट गरि कम्तिमा १ महिना सम्म विभिन्न प्रशिक्षण, भ्रमण लगायतका क्रियाकलापहरु हुने आयोजकले जानकारी दिए ।

मनोरञ्जनको माध्यमबाट नयाँ युवा पुस्तामा मौलिक सँस्कृतिको ज्ञान दिलाउन र देशभरि छरिएर रहेका तमुहरुलाई एकिकृत बनाउने उद्देश्यले जिल्ला कार्यसमिति कास्की र जक्सन ग्रुपको व्यवस्थपानमा मिस तमुस्यो नेपाल हुन लागेको हो ।  ूमिस तमुस्योको सान मौलिक सँस्कृतिको पहिचानू भन्ने मुल नाराका तय गरेको छ । कार्यक्रम देशभर संचालन गर्नको लागी १५ लाख खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...