पछिल्लो २४ घण्टामा कोरोनाबाट नेपालमा १७ को ज्यान गयो, थप २३ सय ६४ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप २ हजार ३ सय ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ३ सय ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल सख्ंया १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । हाल नेपालमा ३८ हजार ९ सय ५२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा नेपालमा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय ४ पुगेको छ ।

कमेन्टहरु
Loading...