पोखरा/कोरोना संक्रमितको संख्या देशभरी बढिरहेको बेला गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको ह्वात्तै बढेको छ ।
आज गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ । बिहिबार प्रकाशित पाँचौँ अपडेट अनुसार प्रदेशभर संक्रमितको संख्या ७०३१ पुगेको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पोखराका सबै आइसोलेसनहरु प्याक भएका छन भने पोखराका हस्पिटलहरुमा पनि सिट खाली छैन ।
गण्डकी अस्पतालको पनि आइसोेलेसन वार्डमा एकजना बेड पनि खाली नभएको र थप विरामीलाई अन्य वार्डमा राखेर उपचार गरिरहेको डा. अर्जुन आचार्यले बताए ।