पोखरामा भर्खरै थपिए २२ जना कोरोना संक्रमित

गन्थन डेस्क

पोखरा महानगरपालिकामा भर्खरै २२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तीमार्फत महानगरका १२ वटा वडाबाट २२ जना थपिएको उल्लेख गरेको छ ।

उनीहरु स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएको र हाल आइशोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।

कमेन्टहरु
Loading...