पोखरा
दशैँ भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा गज्जबको फिल आउने गर्छ । दशैँ र पिङ्ग सँगसँगै जोडिएर आउने गर्छ तर यो दशैमा पिङ साह्रै कम हालेको पाउन सकिन्छ । पोखरा वरपर मात्र अघिल्लो बर्षमा सय बढि पिङ हालेको भेटिन्थ्यो अहिले मुस्किलले पाँच पिङ भेटिन्न ।
मन्दिरहरुमा दर्शनार्थीहरुको भिड नै हुन्थ्यो पोखराको बिन्दुबासिनी मन्दिरमा दर्शकके चाप थामि सक्नु हुँदैन थियो । तर यो बर्ष भक्तजनहरु भिड हुने मन्दिरहरु पनि बन्द गरिएका छन् । कोरोना संक्रमणको डरले मन्दिर ,मस्जिद ,गुम्बा चैत्य र चर्जहरु बन्द भएका यो बर्ष मात्र होला ।