धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिनाको शिशुसहित २ जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ज्यान गएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । ५ महिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो ।
यस्तै शुक्रबार अपराह्न धरान ११ की ५२ वर्षीया १ महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा ज्यान गएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । रासस