दसैंको दिन मौसम सफा रहने

पोखरा । यो वर्ष दसैंको टीकाको दिन मौसम सफा रहने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार दसैंको दिन मौसम सफा हुने भएकाले हिले दसैंको सम्भावना छैन । प्रदेश १ को केही भागमा बादल लाग्ने तथा छिटपुट वर्षाको सम्भावना रहेको भए पनि त्यसले खासै असर नगर्ने मौसमविद् कँडेलले बताएकी छिन् । उनका अनुसार प्रदेश २ तथा बाग्मती प्रदेशका केही भागमा बादल देखिने सम्भावना भए पनि वर्षाको कुनै सम्भावना छैन । दसैंको दिनमा पश्चिम आकाश भने छ्यांग रहने उनले जानकारी दिएकी छिन् ।

कमेन्टहरु
Loading...