कोरोना नेपालः आज साढे ४ हजार संक्रमित, १८ बिते

गन्थन डेस्क

नेपालमा आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । जसमा ४६ हजार ६९१ सक्रिय छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ ।

कमेन्टहरु
Loading...