प्रधानमन्त्रीको सम्बोधनः जनतालाई उपदेश र शुभकामना

गन्थन डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै बडादशैंको शुुभकामना दिएका छन् ।

विपद्को बेला जहाँ छौं त्यही रहेर दशैं मनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले सचेत र सुरक्षित रहेर चाड मनाउन समस्त नेपालीलाई अनुरोध गरेका छन् । ‘महामारी झेल्दै दशैं मनाउनु पर्ने हुनाले सुरक्षाको उपाय अपनाउनु पर्नेछ’ ओलीले भने ‘यसपालि प्रधानमन्त्री कार्यालयले दशमीमा टीकाको कुनैपनि कार्यक्रम राखेको छैन ।’

सम्बोधनकाक्रममा प्रमले कोरोनाविरुद्धको लडाइमा पक्ष, विपक्षजस्ता कुराले अर्थ नराख्ने भन्दै विवादको श्रृजना गर्ने बेला नभएको टिप्पणी गरे । कोरोना संक्रमण बढ्न नदिन हरहमेशा फ्रन्टलाइनमा खटिएका चिकित्सक, सुरक्षाकर्मीलगायतको योगदानको प्रशंसा गर्दै उनले धन्यवाद व्यक्त गरे ।

कोरोनाबाट बच्ने प्रम ओलीले मास्कको प्रयोग, सामाजिक दूरी कायम, तातोपानी खाने, घरेलू औषधिको प्रयोग गर्ने र सरसफाइ गर्नेलगायतको उपदेशमूलक सुझावसमेत दिएका छन् ।

साथै, दसैं मनाइरहँदा संक्रमणबाट मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले मृतकको परिवारमा समवेदना जाहेर गरे ।

कमेन्टहरु
Loading...