सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज बिहान ११ बजे बसेको संसदीय दलको बैठकमा बहुमतले अस्वीकृत भएको हो ।
प्रमुख सचेतक सस्ता नेपालीले निर्णयार्थ प्रस्तुत गरेको अविश्वासको प्रस्तावविरुद्ध १८ जना सांसदले मत जाहेर गरेका थिए । यस अगाडि कर्णाली प्रदेशका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध गत असोज २५ गते अविश्वासको प्रस्ताव पेश गरेका थिए ।