प्रधानमन्त्रीद्वारा शुभकामनाका लागि प्रयोग गरिएको तस्बिरमा लिम्पियाधुरा बिनाको नेपालको नक्सा प्रयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंको शुभकामना व्यक्त गर्ने क्रममा सामाजिक सञ्जाल फेसबुकमा लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै प्रयोग गरेको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको भए पनि लिम्पियाधुरा सहितको भू–भाग समेटिएको नक्सा प्रयोग गरिएको छैन । केही समय अगाडिमात्र संविधान संशोधन गरेर नेपालले लिम्पियाधुरा सहितको अन्य भू–भाग समेटिएको नक्सा सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको तस्बिरमा नै लिम्पियाधुरा सहितको नेपालको नक्सा नसमेटिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विमती प्रकट गरेको छ ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीटरमा लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ज्यु भन्दै प्रश्न गरेका छन् । यो विषयमा गम्भीर विमती दर्ज गर्न समेत उनले माग गरेका छन् ।

‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको बिसर्जन ?’ प्रवक्ता शर्माले ट्वीटरमा प्रश्न गरेका छन् ।

कमेन्टहरु
Loading...