चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ का ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति १० बजेर १५ मिनेट जाँदा ज्यान गएको हो ।
ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि उनी अस्पताल पुगेका थिए । कोरोनासंग मिल्ने लक्षण देखिए पछि स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको भन्टिलेटरमा राखेर उपचार गर्दा उनको बिहीबार राति ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।