पोखरा । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए ।
बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८ सय ७७ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ । त्यस्तैगरि नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ ।
२४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १ सय ५२ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा १५ हजार २ सय ५५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७ सय ५१ जना रहेका छन् ।