काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक भएको बताएका छन् ।
बालुवाटारले प्रधानमन्त्री र रअ प्रमुखको भेट भएको स्विाकारेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको विरोध गरेका हुन् । उनले उक्त भेटवार्ता कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् ।