भारतीय गुप्तचरसँग ओलीको भेटवार्ता भएको बालुवाटार द्रारा स्विाकार

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको बालुवाटारले स्विाकारेको छ ।

 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले वक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । थापाका अनुसार गोयल प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास पुगेका थिए । प्रधानमन्त्रीले गोयललाई बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका थिए ।

 

 

भेटका क्रमा गोलयले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए ।

कमेन्टहरु
Loading...