जोगबनी बजार नजिक युवकको शव फेला

विराटनगर । भारतसँग सिमाना जोडिएको विराटनगर महानगरपालिका वडा नम्बर १६ जोगबनी बजार नजिक नेपाली युवकको शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय रानीका प्रहरीका अनुसार बिहीबार बिहान भेटिएको शवको पहिचान भने हुन सकेको छैन ।

 

 

घटना भएको स्थल वडा नम्बर १६ को दक्षिण गेट नजिक भएको बताउँदै प्रहरीले युवकको हत्या भएको हुनसक्ने आशंका गरेका छन् । करिब २६ वर्षीय मृतकको नाक र मुखबाट रगत बगेको र शरीरको केही भागमा निलडाम देखिएको प्रहरीको भनाई छ ।

 

 

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई जानकारी दिए पनि उनीहरुले पहिचान नखुलेको बताएका छन् । मृतक लागुऔषधका दुर्व्यसनी हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

 

 

मृतक युवाको पहिचान नखुले पनि अभिभावक र आफन्तको खोजी थालिएको प्रहरीले बताए । दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको जानकारी प्रहरीले दिए ।

 

 

भारतीय भूमिमा शव भेटिएका कारण घटनाको अनुसन्धान गर्दै कानूनी प्रक्रिया भारतीय प्रहरीले अघि बढाउने भएको छ । भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ ।

कमेन्टहरु
Loading...