पोखरा । नेपालमा थप ५ हजार ७ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार ७ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
हाल नेपालमा ४४ हजार ४ सय ७६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
यो अवधिमा नेपालमा २ हजार ९ सय ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
हाल नेपालमा २ सय ६९ जनाको आइसियु तथा ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय ९१ पुगेको छ ।